नियम १०
क्षतिपूर्ति तथा प्रतिरक्षा गर्दा लागेको खर्च माग गर्ने कार्यविधि
(१) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्था उपर क्षतिपूर्ति माग गरी अदालतमा दायर भएको मुद्दामा अदालतबाट निर्धारण भएको
क्षतिपूर्तिको रकम वा त्यस्तो मुद्दाको प्रतिरक्षा गर्दा लागेको मनासिव खर्च समितिसंग माग गर्ने सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले अनुसूची–७ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम क्षतिपूर्तिको रकम वा मुद्दाको प्रतिरक्षा गर्दा भएको खर्च माग गर्दा अदालतबाट मुद्दा फैसला भएको मितिले तीन महिनाभित्र निवेदन दिइसक्नु पर्नेछ ।